image
image
कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्नुपर्छ :  प्रमुख सचेतक बर्तौला

कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्नुपर्छ :  प्रमुख सचेतक बर्तौला


काठमाडौं ।  सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले माग गरेका छन् ।  आज बुधबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारलाई कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्न माग गर्दै दुधको मूल्य तत्काल भुक्तानीमा पहल कदमीमा लागि कृषि मन्त्रीसँग आग्रह गरे । 

उनले भने, ‘यो देश कृषिप्रधान देश हो । सरकारले बजेट निर्माण गर्दैछ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषि मन्त्रीले पहल कदमी लिनुहोस् भनेर माग गर्न चाहन्छु ।’

उनले बिचौलिया हावी भएको कारण किसानहरुले रासायनिक मल पाउन कठिनाई भएको बताए । सांसद बर्तौलाले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गरे । 

उनले भने,‘खेतिपातीको सिजन सुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा पनि सहजता भइरहेको छैन् । विचौलिया हावी भइरहेको छन् । त्यसैले बिचौलियाहरु अन्त्य गर्दै किसानहरुले रासायनिक मल सहज तरिकारले पाउने व्यवस्था गर्न सरकारकासँग माग गर्छु ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।