image
image

मेचीबाट पैदल हिँडेका अभिनय कार्की ३७ दिनमा महाकाली पुगे

चरीकोट, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् ।

यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन् । विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामनासहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताए ।

करीब दुई महिना लाग्ने अनुमान गरे पनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको कार्कीले बताए । मेचीदेखि महाकलीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेको कार्कीले बताए । यात्रा सकेर दोलखा आउनुभएका कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिनमा साइकलयात्रा गर्न लागेको जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।