१ हजार ४५० एम्पुल लागुऔषध सहित दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिहरपुर नगरपालिका–४ का २३ वर्षीय यज्ञबहादुर श्रेष्ठ र बारा कलैया उपमहानगरपालिका–४ का १९ वर्षीय धर्मेन्द्र माझी रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले सर्लाहीबाट काठमाण्डौ तर्फ आउँदै गरेको ग १ ख ८७८७ नम्बरको बस र बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बस जाँचका क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट एक हजार ४५० एम्पुल लागुऔषध बरामद भएको छ ।