image
image

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यवसायीले दिए निर्माण सामग्री

काठमाडौँ। धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल केही दिनअघि तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा आए थिय । उनी मन्दिर दर्शन गर्न मात्र आएका थिएनन् ।

उनी जनस्तरबाट संकलित रकमबाट चितवनमा निर्माण भइरहेको गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन हिँडेका थिए । मेची–महाकाली अभियानअन्तर्गत सिद्धबाबा आएका उनले मन्दिर व्यवस्थापन समितिका साथै तिनाउका टिपर व्यवसायीसँग सहयोगको अपिल गरेका थिय ।

‘तत्कालै एक लाख सहयोग जुट्यो,’ सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले भने, ‘त्योबाहेक समितिका सदस्यसमेत रहेका टिपर व्यवसायी साथीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।’ व्यवसायीले ५३ टिपर नदीजन्य सामाग्री लग्ने प्रतिबद्धता जनाएको उनले बताए । नेपाली झण्डा र ब्यानर राखेर आइतबार तिनाउका टिपर व्यवसायीले सामग्री चितवन पुर्‍याए ।

सबैतिरबाट बुटवल गोलपार्कमा भेला भएका उनीहरुले बालुवा तथा गिट्टी लिएर गएका थिए । झुम्साका व्यवसायी कृष्ण प्रसाद पाण्डेयका अनुसार १५ लाख बराबरको सहयोग सामग्री रंगशाला निर्माणका लागि लगिएको छ । त्यसमा टिपरको भाडा हिसाब गरिएको छैन ।

पछिल्लो समय खेल मैदान निर्माणमा आर्थिक अभाव भएको भन्दै फाउण्डेशनले सार्वजनिक अपिल गरेको थियो । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर शान्ति चोकमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला निर्माण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।