image
image

प्रतिपक्षको अवरोध, प्रदेशसभा बैठक स्थगित

काठमाडौँ। प्रदेश-१ को प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो। उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आठौं बैठक वैशाख ५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी हुन् ।

जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।