image
image
मेक्सिकोमा हुने मिस युनिभर्सः पहिलो पटक भाग लिदै साउदी अरब

मेक्सिकोमा हुने मिस युनिभर्सः पहिलो पटक भाग लिदै साउदी अरब

काठमाडौं । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ । साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन् ।

रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरेबिया) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् । रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्सिटीमा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।‘द न्यु अरब’ न्युजका अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।

रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् ।  ‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैंले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्विर पनि सेयर गरेकी छन् । उनको नजिकै साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।

क्याप्सनमा रुमीले लेखेका छन्– ‘मिस युनिभर्सिटी २०२४ मा सहभागी हुन जानु मेरो लागि गर्वको कुरा हो । मिस युनिभर्स प्रतियोगितामा भाग लिने पहिलो साउदी महिला हुन पाउँदा खुसी लागेको छ ।

मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरु सहभागी हुँदै आएका छन् । तर, साउदी अरेबियाबाट भने पहिलो पटक सहभागिता हुन लागेको छ ।मिस युनिभर्स प्रतियोगितामा पौडी खेल्ने पहिरन लगाउन आवश्यक पर्दैन भने मिस युनिभर्समा परम्परागत पहिरन कार्यक्रम पनि हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।