image
image
चक्रपथ सुधार आयोजनाको बोर्ड हटाएको भन्दै मेयर बालेनको व्यंग्य

चक्रपथ सुधार आयोजनाको बोर्ड हटाएको भन्दै मेयर बालेनको व्यंग्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ सुधार आयोजनाको बोर्ड हराएको भन्दै व्यंग्य गरेका छन् ।सामाजिक सञ्जालमा बुधबार एक पोष्ट गर्दै बालेनले २०१५ मै सकिनुपर्ने काम २०२४ सम्म पनि नसकिएपछि महानगरले सो आयोजनाको जानकारी दिन बोर्ड राखेको थियो । तर सो बोर्ड अहिले हटाइएपछि महानगरले प्रहरीमा बोर्ड हराएको निवेदन समेत दिएको छ । यो आयोजना निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनिले लिएको छ ।  

बालेनले भनेका छन्ः
२०१५ मा सक्नु पर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । छेउछाउका बासिन्दा, रिंगरोड प्रयोग गर्नेहरू मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीयले बोले, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन । कसैको दुख हेरिएको थिएन । काठमाडौँ महानगरपालिका भित्रको भएर हामीले पनि पटक पटक ध्यानाकर्षण गराउने र आफ्नो कार्यक्षेत्रभित्र पर्ने त्योसम्बन्धित कामहरू गरेर सहयोग गर्ने गरेका नै हौँ । तर निर्माण कार्य शंखेकिराको गतिमा रह्यो । त्यहि जानकारी दिन बोर्ड राखेका थियौँ ।

त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ति १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन् । समय सकिएको ९ बर्षपछि पनि काम नसक्ने संस्थाले ुकथित अल्टिमेटमको समयु सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न ।यहि नजर बर्षौँदेखि अलपत्र पारेर दुख थपेका र बजेट सकेका आयोजनामा पनि जाउन् । समय सकिने बित्तिकै काम गर्ने जाँगर त्यता पनि चलोस् ।
   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।