आन्तरिक उडानमा कोरोना असर न्यून, बढे यात्रु
काठमाडौँ ३० चैत । नेपालमा पछिल्लो समय आन्तरिक हवाई यात्रु बढिरहेका छन् । कोरोना महामारीका कारण केहि महिना देखि बन्द भएको हवाई यात्रुको संख्या बढेर आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना असर भोग्न नपरेको तथ्यांक सार्वजनिक भएको छ।
विश्वमा कोरोनको दोस्रो लहर शुरुवात भएको भएपनि नेपालमा अहिले आन्तरिक उडान सामान्य भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मार्च महिनाको आन्तरिक हवाई यात्रु अहिलेसम्म बढी भएको छ। सन् २०१९मा आन्तरिक हवाई यात्रुको संख्या २ लाख ६४ हजार ५ सय ४५ रहेकोमा सन् २०२१को मार्चमा आन्तरिक हवाई यात्रुको संख्या ३ लाख ४६ हजार ४ सय ७१ पुगेको छ।
त्यस्तै सजह र सस्तो दरको हवाई टिकट पाउदा कोरोना कहरकै बीच सन २०२१ मार्चमा ७ हजार ८ सय ६४ वटा उडान तथा अवतरण भएको छ। तर, सन् २०१९मा उडान संख्या अहिलको भन्दा बढी थियो। सन् २०१९मा कुल ८ हजार २ सय ७१ थियो। तर, उडान संख्या बढी भए पनि यात्रु संख्या भने अहिलेको सन् २०२१ को भन्दा कम थियो।