image
image

भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढी कोरोना संक्रमित 

काठमाडौँ। भारतमा कोरोना भाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । त्यहाँ हरेक दिन संक्रमितको संख्यामा रेकर्ड बन्दै गएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ९ सय ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २१ लाखभन्दा बढी निको घर फर्केका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ ।

संक्रमणको हिसाबमा भारतले ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३४ लाख ८२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ५३ हजार १ सय ३७ जनाको मृत्यु भएको छ ।

 कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई तीव्रता दिन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार साँझसम्म १० करोड ४५ लाख २८ हजार ५ सय ६५ जनाले खोप लगाइसकेका छन् । 

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणबाहिर गइरहेकाले यसै हप्तादेखि राज्यमा पूर्ण रुपमा लकडाउन घोषणा गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।