image
image

हिरासतमा पुस्तकालय स्थापना गर्ने प्रहरीको अभियान

खोटाङ ३० चैत । जिल्ला प्रहरी कार्यालय खोटाङमा ‘हिरासत पुस्तकालय’ स्थापना गर्ने अभियान शुरु गरिएको छ । विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवालाई अध्ययनमा संलग्न गराउँदै उनीहरुको सोचमा सकारात्मक विकास गराउने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान शुरु गरिएको हो ।

भर्खरै स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक सङ्कलन हुनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । पुस्तकालयका लागि जिल्ला निर्वाचन अधिकारी कोपिला राईले १८, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले १४, जिल्ला प्रशासन कार्यालय खोटाङले नौँ, बिन्दु अधिकारी ढकालले तीन, प्रहरी निरीक्षक सागर साहले सात र प्रहरी सहायक निरीक्षक हरिकुमार पौडेलले दुई थान पुस्तक प्रदान गरिसकेका छन् ।

प्रहरी कार्यालयको हिरासत अगाडि स्थापना गरिएको पुस्तकालयलाई सहयोग स्वरुप गत शुक्रबार एकै दिन ३१ थान पुस्तक प्राप्त भएको प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिए । प्रवक्ता साहका अनुसार पुस्तकालयका लागि हलेसी खबर डटकमका सम्पादक हरिबोल आचार्यले रु पाँच हजार मूल्य बराबरको १९ थान तथा अधिवक्ता ओमप्रकाश घिमिरेले १२ थान पुस्तक प्रदान गरेका छन् ।


“शिक्षा अभावकै कारण अधिकांश मानिसले आपराधिक क्रियाकलाप गरेको पाइन्छ”, पत्रकार आचार्यले भने, “आपराधिक क्रियाकलापमा संलग्न भएर पक्राउ परेका पनि हिरासतमा रहेको समयमा पुस्तक अध्ययन गरेर सचेत बनुन भन्ने उद्देश्यले पुस्तकालयका लागि ज्ञानवद्र्धक पुस्तक सहयोग गरिएको हो ।”

प्रहरी कार्यालयमा स्थापना गरिएको पुस्तकालयका लागि आवश्यक पुस्तक उपलब्ध गराउन जिल्लास्थित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा सङ्घसंस्थासमेतले तयारी गरिरहेको छ । हिरासतमा बसेर खाली समय बिताइरहेका थुनुवालाई समयको सदुपयोग गर्ने वातावरण निर्माण गर्दै उनीहरुको मानसिकतामा सकरात्मक परिवर्तन ल्याउन पुस्तकालयको अवधारणा अघि सारिएको प्रनाउ चिमरियाले बताए ।

“प्रहरी कार्यालयमा पुस्तकालय स्थापनाका लागि केन्द्रबाट छुट्टै बजेट त आएको छैन”, उनले भने, “तर, हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजाय लगायत कानूनी प्रावधानहको विषयमा जानकारी दिने उद्देश्यले दाताकै सहयोगमा पुस्तकालय स्थापना अभियान शुरु गरिएको हो ।” 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।