image
image
चार संसदीय समिति बस्दै,यस्ता छन् मुख्य एजेण्डा

चार संसदीय समिति बस्दै,यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत्का चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । बिहीबार कानून न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । 

अर्थ समितिमा आज आ।व। २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त –कर प्रस्ताव बाहेक० सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रनितिधि सभामा विनियोजन विधेयकमाथिको छलफल बुधबार सकाएर अर्थ समितिले आज मन्त्रीसँग समितिमा छलफल गर्न लागेको हो । अर्थ समितिले अर्थमन्त्री वर्षमान पुनलाई बिहीबार समितिमा डाकेर सो बारे छलफल गर्ने कार्यसूची तय गरेको छ । 

यस्तै, समितिमा आ।व। २०८१÷८२ का लागि विनियोजन विधेयकका प्राथमिकता तथा कार्ययोजना सम्बन्धमा उपसमितिको तयार पारेको प्रतिवेदन पनि प्रस्तुत हुने छ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २८ औं बैठक पनि आजै बस्दै छ । बैठकले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनहरु माथि छलफल गर्ने कार्यसूची राखेको छ । 

कानून न्याय तथा मानवअधिकार समितिमा भने नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका जेलभित्र रहेका कैदी एवं थुनुवहरुको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण गर्ने सम्बन्धनमा छलफल गर्न लागेको छ । यस्तै,आजकै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने पनि समिति सचिव अधि राज राईले जनाकारी गराएका छन् । महिला तथा सामाजिक मामिला समितिले भने  प्रतिनिधि सभा सांसद मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।