image
image
गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि देशमा कति रेमिट्यान्स भित्रियो ? –अध्यक्ष साह

गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि देशमा कति रेमिट्यान्स भित्रियो ? –अध्यक्ष साह


काठमाडौं । गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण माग गरेका हुन् । 

उनले भने, ‘आज देशमा उद्योगधन्दाहरु बन्द भैइरहेका छन् । व्यापार भएको छैन्, तर मुठिभर मानिसहरु मालामाल छन् । खुलेआम देशको पैसा लुटेर विदेश पठाई रहेका छन् । विदेशी नागरिकता लिएका नागरिकहरु नेपालको सम्पत्ती खुलेआम लागि रहेका छन् जसको कारण देश आर्थिक संकटमा पर्दै गएको छ । यसलाई स्विकार गर्ने कि नगर्ने भन्ने प्रश्न छ ।’

सांसद साहले केही नेताहरुले माथिल्लो तहमा बसेर देशलाई बरबाद बनाउन खोजिरहेको बताए । देश आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ लागेको उनको आरेप छ । उनले भने, ‘देशलाई आर्थिक संकटबाट बचाउने हो भने यस्ता भगौडाहरु जो माथिल्लो तहमा बस्ने र देशलाई लुटेर अवैद्ध ढङ्गले जसरी लगिरहेका छन् यसलाई प्राथमिकतामा राख्न सकिएन भने देशलाई आर्थिक संकटबाट बचाउन सकिदैँन् । हामीले देशलाई आर्थिक संकटबाट बचाउने भन्दा पनि आर्थिक संकटलाई बलियो बनाउने दिशातर्फ हामी गईरहेका छौ ।’ जनता भ्रष्टाचारबाट दिक्क भइसक्दा पनि सरकारले भ्रष्टाचार रोक्नको लागि कुनै पनि काम नगरेको उनको भनाइ छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।