कालीकोटका ६० वटा वनमा आगलागी
काठमाडौँ। कालीकोट जिल्लाका ६० वटा वनमा आगलागी भएको छ। जिल्ला वन कार्यालय कालीकोटका अनुसार ६० मध्ये हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ।जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलो लागेर सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ ।
जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने रोकथामका लागि कर्मचारी खटाइएको छ । कति बेला कहाँ र कसरि आगलागी हुन्छ पत्तै हुँदैन । धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उनले बताए छन् ।
कालीकोटमा हाल २२० वटा सामुदायिक वन छन् । उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ उनले बताएका छन्।
आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको र त्यसले बुढाबुढी तथा बालबालिकाहेरुलाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिएका हुन्। उनले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताए छन्।