image
image
दोषी देखिए गृहमन्त्री लामिछानेलाई कारबाहीबाट रोक्न कसैले सक्दैन : प्रधानमन्त्री दाहाल

दोषी देखिए गृहमन्त्री लामिछानेलाई कारबाहीबाट रोक्न कसैले सक्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । 

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । सरकार निकाय तथा प्रहरीसँग आफूले लिएको ब्रिफिङमा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नदेखिएको भन्दै उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।