image
image
मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न  गृह मन्त्रालयको निर्देशन

मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न  गृह मन्त्रालयको निर्देशन


काठमाडौं । गृह मन्त्रालयले मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मिटरव्याजपीडितका गुनासो सुनुवाइ गर्न कर्मचारी नेतृत्वको डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको हो ।

मन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर पद, इमेल, सम्पर्क नं., मोबाइल नं. तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न भनेको छ ।

साथै मिटरब्याज सम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जि।एम।लाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।