image
image
रूसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएकालाई घर फर्काउन पहल गरिरहेका छौँ :  परराष्ट्रमन्त्री श्रेष्ठ

रूसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएकालाई घर फर्काउन पहल गरिरहेका छौँ :  परराष्ट्रमन्त्री श्रेष्ठ


काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जानकारी दिएका छन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरूको सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउने वार्ता अघि बढाएको बताए । उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको उनको भनाइ छ ।

‘मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरेँ । रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ बैठकमा मन्त्री श्रेष्ठले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।