image
image
एनआरएनएको नवीकरण प्रक्रिया तत्काल अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

एनआरएनएको नवीकरण प्रक्रिया तत्काल अघि बढ्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं ।  गैरआवासीय नेपाली संघको रोकिएको नविकरण प्रक्रिया तत्काल टुँगो लगाउने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न  उत्साहित रहेको बताउँदै संघको रोकिएको नवीकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाए ।संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएलगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो । 

संघका अध्यक्ष डा.केसीले मन्त्रीमण्डलको पुनर्गठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वातावरण बन्दै गएकोप्रति धन्यवाद समेत दिए । डा.केसीले गैरआवासीय नेपाली संघ  सरकारको सहयात्रीको रुपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्णरुपमा सहयोग गर्ने उल्लेख गरे ।
 
 संस्थाको विधि तथा विधानको अधिनमा रहेर संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफु पूर्णरुपमा प्रतिबद्ध रहेको अध्यक्ष डा.केसीले बताए । जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघमा  पछिल्लो समयमा देखिएका असन्तुष्टिहरुको बारेमा आफू पूर्णरुपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरि अघि बढ्न आग्रह गरे ।  

संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताए ।यसअघि पनि अध्यक्ष डा केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरि संघको समसामयिक गतिविधि र नवीकरणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।