image
image
वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको हो : प्रधानमन्त्री दाहाल

वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल 'प्रचण्ड'ले प्रचण्डुले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन् । उनले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाए । 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार विहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समिकरण बनाएको जिकिर गरे । 

दाहालले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’दाहालले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ दाहाल सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गरे । केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहाललको दाबी छ । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।