image
image
रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकतामा छ : परराष्ट्र मन्त्रालयल

रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउने कुटनीतिक प्रयास उच्च प्राथमिकतामा छ : परराष्ट्र मन्त्रालयल


काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनीरुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस–युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता ल्याउन उनका आफन्त र परिवारजनले माग गरिरहेका छन् । सरकारले विभिन्न चरणमा त्यसकालागि पहल गरेपनि सफल हुन सकेको छैन । 

नयाँ गठबन्धन सरकारका तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेपछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । 

मन्त्रालयका अनुसार रुसी सेनामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै रुसी सेनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।परराष्ट्रका अनुसार पछिल्लो पटक धादिङका पूर्ण बहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको रुस–युक्रेन युद्धमा मृत्यु भएको छ । 

‘रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ,’ परराष्ट्रले भनेको छ । नेपालबाट रुसी सेनामा जान सरकारको अनुमति छैन । पछिल्लो समय अन्य विभिन्न उद्देश्यले जानेहरुलाई समेत सरकारले नो अब्जेक्सन लेटर लिएर मात्रै जान भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।