image
image
आज संसदका दुवै बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज संसदका दुवै बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान सवा ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 

यता, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार समबन्धी पत्रको व्यहोरा पढेर सदनमा जानकारी गराउँनेछन् । अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव आज सभामा प्रस्तुत गर्नेछन् । साथै, दुवै सदनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।