image
image

कृषकको आकर्षण बढ्दै कुरिलो खेतीतर्फ 

 काठमाडौँ। पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु कुरिलो खेति तर्फ आकर्षण बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका हुन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका कारण पनि किसानहरुमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको प्राविधिकहरु बताउछन् ।

कृषि ज्ञान केन्द्रले पाल्पाका कृषकहरु कुरिलो खेती बाट मनग्य आम्दानी गर्न सफल भएपछि कुरिलो खेतीको बिस्तार हुन थालेको जनाएको छ । पाँच वर्ष अघि बगनाशकालीका जीवराज घिमिरेले सुरु गरेको कुरिलो खेती अहिले रामपुर, तानसेन, रिब्दीकोट, रैनादेवी लगायतका स्थानीय तहका कृषकहरुले पनि बिस्तार गर्दै लगेका छन् । जिल्लामा यस खेतीमा करिव ५० जना कृषकहरु व्यवसायिक रुपमै लागेको बताउ छन्।

कम लगानीमा बढी फाइदा लिन सकिने कुरीलो एक के.जी को ५ देखि ७ सय रुपैया सम्ममा विक्री हुने कृषकहरु बताउछन् । कुरिलो खेतीबाट बर्षको ५ लाख सम्म आम्दानी हुने गरेको कृषक जीवराज घिमिरे बताउनुभयो ।कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको किसानको अनुभव छ ।विरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ । किसानहरु एक सिजनमा कुरिलोबाट ५० हजार देखि १ लाख सम्म आम्दानी गर्न सकिने बताउछन्। यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एकपटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।