image
image
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक,  २०८०“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८०“ संसदमा प्रस्तुत गर्नेछन् । सरकारले  “निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस’’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।    

आजकै बैठकमा आ।व। २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) का विषयमा छलफल शुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।