चट्याङसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशका अधिकांश भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुवाँलो लागेको छ।
सोमवार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि चट्याङसहित र मेघगर्जन क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू-भागमा तुवाँलोको असर रहने छ।
मंगलवार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।