image
image
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई विदेश जान अदालतले दियो अनुमति

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई विदेश जान अदालतले दियो अनुमति


मुम्बई । मुम्बईको एक विशेष अदालतले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अभिनेता सुशान्त सिंह राजपूतका मृत्युसँग सम्बन्धित ड्रग्स मामलामा परिवारका साथ विदेश जान अनुमति दिएको छ । अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुनका लागि श्रीलंका जाने अनुमति दिएको हो ।

एडीपीएस अधिनियमसँग सम्बन्धित मामलाको सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनि दिएको निवेदनको सुनुवाई गर्दै उक्त आदेश दिएको हो । अदालतले उनका भाई र मामलाका सह–अभियुक्त शौविक चक्रवर्तीद्वारा दायर आवेदनलाई पनि अनमुति दिएको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सन् २०२०, जुन १४ मा निधन भएका थियो । सुशान्तका निधनपछि उनको परिवारले रियामाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए । लामो समयको अनुसन्धानपछि अभिनेत्रीलाई लागुऔषध मामलामा सोही वर्षको सेप्टेम्बरमा गिरफ्तार पनि गरिएको थियो ।

गिरफ्तारीको करिब एक महिना पछि बम्बई हाई कोर्टले उनलाई जमानत दिएको थियो । यो मामलामा रियाका अलावा उनका भाई शौविक र अन्य कैयौं व्यक्ति आरोपित थिए । सुशान्तको मुद्धापछि रियालाई विदेश यात्रामा पनि अदालतले रोक लगाएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।