image
image
दलहरुबीच शक्ति बाँडफाँटको सकस, चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

दलहरुबीच शक्ति बाँडफाँटको सकस, चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा थप दलहरुलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ । 

रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल सोमबारै विना विभागीय मन्त्री बनिसकेका छन् । अब रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर जाने अडानमा छन् । ‘शीर्ष नेताहरुबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैँ जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’ती सांसदका अनुसार रास्वपाले चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । ‘यही मन्त्रालय भन्ने छैन । गृहमा हाम्रो बलियो दाबी हो । बाँकी जुन मन्त्रालय भएपनि हुन्छ, तर चार वटा हुनुपर्छ भन्ने छ,’ ती सांसदले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।