प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए ।
आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग सम्बाद गरे पछि बैठक स्थगितको अवस्थामा पुगेका हुन ।









