image
image
जारी साफ यू–१६ महिला फुटबलः आज नेपाल र भुटानबीच खेल हुँदै

जारी साफ यू–१६ महिला फुटबलः आज नेपाल र भुटानबीच खेल हुँदै

काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो ।  प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्ने छन् । नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ । यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।