image
image
राष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

राष्ट्रिय सभामा आफ्नै उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफैं उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटिको बैठकले माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

सत्तारुढ गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी चर्चाकाबीच माओवादी यस्तो निर्णय गरेको हो । माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । 

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेको बताइएको छ  ।  राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।