image
image
दक्षिण भारतका सुपरस्टार रजनीकान्त २४ बर्ष पछि बलिउड मुभीमा देखिदै

दक्षिण भारतका सुपरस्टार रजनीकान्त २४ बर्ष पछि बलिउड मुभीमा देखिदै

काठमाडौं । सुपरस्टार रजनीकान्तको फ्यान फलोइङ सधैं उच्च रहेको छ । दक्षिण भारत देखि उत्तर भारतसम्म लाखौं फ्यानहरू उनको अभिनय र फिल्मका लागि पागल हुने गरेका छन् ।साउथ मुभी बाहेक रजनीकान्तले बलिउड फिल्ममा पनि काम गरिसकेका छन्, जहाँ पनि दर्शकको माया पाएका छन् । तर, दिग्गज सुपरस्टार २४ वर्षदेखि बलिउड फिल्मबाट टाढा रहेका थिए तर अब रजनीकान्तले आफ्नो २४ वर्षको निर्वासन अन्त्य गर्ने निर्णय गरेका छन् । उनी फेरि बलिउड फिल्ममा कमब्याक गर्न तयार देखिएका छन् ।

 रजनीकान्तले चर्चित बलिउड निर्माता–निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्,  ‘महान रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’सलमान खानको फिल्म किकलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । पछिल्लो पटक उनले वरुण धवनको फिल्म ‘बावल’ निर्माण गरेका थिए । 
 
रजनीकान्तको कुरा गर्दा बलिउडमा उनको अन्तिम फिल्म ‘बुलन्दी’ थियो । यो फिल्म सन् २००० मा सिनेमाघरमा रिलिज भएको थियो । यो फिल्म ‘बुलन्दी’ मा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए। उनी पछिल्लो पटक फिल्म लाल सलाममा देखिएका थिए । तर, उनको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । लाल सलामलाई ऐश्वर्या रजनीकान्तले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।