image
image
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघि देखि बैठक बसिरहेको जानकारी दिए । 

हालै मात्र विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ । माओवादीले चैत १ गतेदेखि तराई–मधेशमा अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ । आजको बैठकले तराई–मधेश अभियान र उत्तर–दक्षिण अभियानका विषयमा टुंगो लगाउने प्रवक्ता सापकोटाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।