image
image
‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’


काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरणबारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसीले जोड दिए ।

न्य समयमा बोलेका केसीले छानवीन समितिले बुझाएको प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम गर्न नहुने भन्दै त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्ने बताए । उनले प्रतिवेदन सार्वजनिक गरेर संसदमै छलफल गर्नुपर्ने माग गरे । 

केसीले भने, ‘नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई केवल पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पनि एनसेल प्रकरणको प्रतिवेदनको खोजी गरे । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरोध गरेका प्रतिपक्षीले विशेष समयमा बोल्ने क्रममा लामिछानेले भने, ‘आजिकाटाको रिपोर्ट खोई ? एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद र सडक तात्यो । खोई, यो विषयमा हामीले चर्चा गर्न पाएको ?’गत माघ १४ गते एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको एक महिना भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।