image
image
एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित

काठमाडौं ।  नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए । 

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले सोमबारको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे । यसपछि सभामुख घिमिरेले सोमबार नै बस्नेगरी १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।