image
image
कृषि मन्त्रीलाई सांसदको प्रश्न, मनलाग्दी नियुत्ति गर्ने बाहेक किसानका लागि के काम गर्नुभयो ?

कृषि मन्त्रीलाई सांसदको प्रश्न, मनलाग्दी नियुत्ति गर्ने बाहेक किसानका लागि के काम गर्नुभयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखेका छन् । आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो रु सदनमा आएर भनिदिनुहोस ।’

यस्तै, उनले दूध किसानले भुक्तानी नपाउँदा मिल्क होलिडे सुरु गरेको भन्दै सरकार र कृर्षिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समस्या समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए । सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरेहेका उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्नका लागि सचेत पनि गराएका छन् । 

‘अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरुले पालेका पशु चौपाए सिंह दरबारमा ल्याएर हुल्दिने होकि बालुवाटार हुल्दिने हो रु नत्र सरकार बिउँझिदैन ।’ उनले आक्रोश पोख्दै थपे ‘किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो । अब किसानले गोठमा पालेको पशु चौपाए सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस,’ सांसद ढकालले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।