image
image
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुने जनाइएको छ । 

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।