image
image
दुबईको जेलमा मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि तुरुन्त ब्लडमनी जुटाऔं : सांसद  खतिवडा

दुबईको जेलमा मृत्युदण्ड सुनाइएका दुई नेपालीका लागि तुरुन्त ब्लडमनी जुटाऔं : सांसद  खतिवडा


काठमाडौं । कांग्रेस सांसद रामहरी खतिवडाले दुबईको जेलमा ब्लड मनी तिर्न नसकि मृत्युदण्डको सजाए सुनाइएका पहलमान मगर र भुवन श्रेष्ठको ब्लडमनी पचास लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोलेका सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाए सुनाइएका मगर र श्रेष्ठको उद्दारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।

खतिवडाले भने, ‘ओखलढुंगा चिसंखुगढी–३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धार्दिङ निवासी पहलमान मगर पाँच वर्षदेखि युएईको दुबईमा एउटा जेलमा हुनुहुन्छ । उहाँहरुले नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेको मृत्यु भएपछि त्यो केसमा ५० लाख ब्लडमनी दिनुपर्ने कारणले जेलमा छन् । दुवैले ५० लाखका दरले ब्लडमनी नदिए यही महिनामा उनीहरुलाई मृत्युदण्ड दिने घोषणा युएई सरकारले गरेको छ ।’ 

उनले थपे, ‘सरकारले भुवन श्रेष्ठ र पहलमान मगरलाई स्वदेशमा ब्लडमनी तिरेर ल्याउने पहल गरोस् । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले छिटो भन्दा छिटो पहल गर्नुपर्यो ।’ त्यस्तै उनले इजरायल हमार द्वन्द्वमा हमास नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्थाबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने माग गरे । ‘हमासले अपहरण गरेका विपीन जोशीको अवस्था के छ त्यो जानकारी सरकारले सदनलाई गराउनुपर्यो’ सांसद खतिवडाले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।