image
image
आर्थिक विवादले सलमान खान र करण जोहरको ‘द बुल’ मा ढिलाइ

आर्थिक विवादले सलमान खान र करण जोहरको ‘द बुल’ मा ढिलाइ


काठमाडौं । अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’को तयारीमा व्यस्त थिए । सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए । त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए । तर अब भने फिल्मको मुहुर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ । जसकारण फिल्मको काम रोकिएको छ ।

फिल्म निकट स्रोतका अनुसार सलमान र करणबीच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन । जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ । ‘द बुल एक महंगो फिल्म हो र करणले ‘ब्याक एण्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन् । तर सलमान भने एडभान्स पैसा मागिरहेका छन् । तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रुपले व्यवहारिक लागेको छैन । उनले अब वित्तिय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ ।

यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुशी छ, तर उनी आफ्नो व्यक्तिगत नोक्सानी व्यहोर्न चाहँदैनन् । ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ । तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ । एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले अगाडि भनेको छ । ‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो । तर फिल्मलाई डिसेम्बरसम्म सारियो । फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।