image
image
लैंगिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षण दिन माग गर्दै सर्वोच्चमा रिट दायर

लैंगिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षण दिन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिमा पनि आरक्षणको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वर्तमान विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै अदालतमा रिट दायर भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले निर्वाचन कानुन संशोधन गर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको हो । 

निर्वाचन पद्धतिकै कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहुँच स्थापित हुन नसक्ने अवस्था रहेको सो संस्थाको दाबी छ । मायाको पहिचान नेपालका कार्यकारी निर्देशन एवम् पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले संविधानले दिएको अधिकार निर्वाचन कानूनले खोसेको भन्दै संविधानको कार्यान्वयन गराउन रिट दायर गर्नुपर्ने अवस्था आएको बताए । 

संविधानको धारा ४२ ले ग्यारेन्टी गरेको समावेशी अधिकार व्यवहारमा लागू गर्न हामीले आग्रह गरेको हो । तर सरकार त्यसलाई सुन्दैन,’ उनले भने, ‘त्यसकारण हामीले संविधान प्रदत्त हक र अधिकार पाउनुपर्छ भनेर अदालतसम्म पुग्नुपरेको छ ।’

संविधान लागु भएको यतिका वर्ष बितिसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट, संघीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ । संविधानको धारा ४७ ले मौलिक हकको कार्यान्वयनमा यो संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानुनी व्यवस्था गर्नु भनी सीमा तोकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।