एमाले रौतहट अधिवेसन आजदेखि, अध्यक्ष ओलीले उदघाटन गर्दै
काठमाडौं । नेकपा एमाले रौतहटको १०औँ अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ ।
भोलिसम्म चल्ने दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन् ।









