image
image
काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी पुर्याउँछौं : ऊर्जामन्त्री यादव

काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी पुर्याउँछौं : ऊर्जामन्त्री यादव

काठमाडौं । काठमाडौं उपत्यकामा बाह्रै महिना पानी दिने खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री महिन्द्र राय यादवले बताएका छन् । सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा भएको खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा भएको छलफलमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

‘शिवपुरीको पानीलाई चाँडोभन्दा चाँडो काठमाडौंमा ल्याउँछौं । साढे ११ करोड लिटर पानी आउँदा असार, साउन र भदौ तीन महिना थेग्न सकिन्छ त्यसकारण काठमाडौंका जनतालाई १२ महिना नै पानी पुर्याउने सरकारको प्रतिबद्धता छ’ उनले भने, ‘यसमा विश्वास दिलाउन चाहन्छु ।’सरसफाइको लागि नीति पास भएको उल्लेख गर्दै मन्त्री यादवले अब प्रक्रिया अगाडि बढिसकेको बताए । 

‘यसपालि एक हजार आधुनिक शौचालय बनाउने कुरा बजेटमा थियो, हामीले पीपी मोडेलमा स्थानीय तहले जग्गा उपलब्ध गराइदिने र ५० प्रतिशत बजेट हाम्रो हुने भनेर सूचना प्रकाशन गर्यौं’ उनले भने, ‘सातै प्रदेशमा यो कार्यान्वयन हुन्छ । यो प्रक्रियामा अगाडि बढेका छौं । सबै स्थानीय तहमा सरसफाईको योजनाको प्रक्रिया अघि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।