image
image
वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप

वेस्टइन्डिज ८६ रनमै अलआउट, जितसँगै अस्ट्रेलियाद्वारा सिरिज क्लीन स्वीप


काठमाडौं । अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको एकदिवसीय सिरिज क्लीनस्वीप गरेको छ । मंगलबार सम्पन्न सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिज ३–० ले जितेको हो ।

वेस्टइन्डिजले दिएको ८७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाका लागि जेक फ्रासर म्याक गर्कले सर्बाधिक ४१ रन बनाए भने जोश इन्ग्लिशले ३५ रन बनाएका थिए ।

 यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिज भने ८६ रनमै अल आउट भएको थियो । वेस्टइन्डिजले २४.१ ओभरमा अलआउट हुदै ८६ रन बनाएको थियो । वेस्टइन्डिजका लागिअलिक अथनाजेले सर्बाधिक ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका

 बलर जेभियर बार्टलेटले ४ विकेट लिए भने लान्स मोरिस र एडम जाम्पाले २–२ विकेट लिएका थिए । यो जितसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज ३–० ले जितेर क्लीनस्वीप गरेको छ । यो सिरिजपछि अब टी–२० सिरिज शुरु हुने छ । सिरिजको पहिलो खेल फेब्रुअरी ९ मा होबार्टमा हुने छ ।
       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।