image
image
राजावादी–हिन्दुवादीहरुको एउटै मोर्चा बनाउनुपर्छ : अध्यक्ष  थापा

राजावादी–हिन्दुवादीहरुको एउटै मोर्चा बनाउनुपर्छ : अध्यक्ष  थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनलाई एक बृहत मोर्चा निर्माण गर्दै एकताका लागि आब्हान गरेका छन् ।  आइतबार काठमाडौंमा आयोजित राप्रपा नेपालको सक्रिय सदस्यता अभियानको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजावादी–हिन्दुवादीहरुलाई एउटै वृहत मोर्चामा आवद्ध हुन आग्रह गरे । 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई अहिले एकताको उपयुक्त समय भएको उल्लेख गर्दै आफूहरु एकजुट बन्नुपर्ने बताए । उनले एकजुट हुनका लागि विशेष आग्रह मात्रै गरेनन् राजावादी र हिन्दुवादी शक्तिलाई एकबद्ध गरी राष्ट्रवादी आन्दोलनका लागि मोर्चा निर्माणको पहलकदमी नै राप्रपाले लिनुपर्ने बताए । 

‘म यही मञ्चबाट हिजो हामीसँगै काम गरेका साथीहरु अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विशेष रुपले आग्रह गर्न चाहान्छु,अहिले राजावादी हिन्दुवादी शक्तिहरुमा सबैभन्दा बलियो पार्टीको रुपमा राप्रपा रहेको छ । यो वृहद राष्ट्रिय मोर्चा निर्माणको क्रममा राप्रपा सबैभन्दा अगाडि आएर मोर्चा निर्माणको पहलकदमी लिनुपर्छ ।’

थापाले राजावादी हिन्दुवादी शक्तिलाई गोलबद्ध गर्ने पहल राप्रपाले नगरे त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्ने बताए । ‘राप्रपा अहिले सत्ताकेन्द्रीत क्षणिक स्वार्थमा लागेको देखिन्छ । यस्तो मोर्चा बन्न सकेन भने त्यसको सबैभन्दा ठूलो दोषपनि राप्रपालाई लाग्छ,’ थापाले भने । थापाले मोर्चा निर्माणमा आफूहरुको कुनै स्वार्थ र सर्त नभएको समेत उल्लेख गरे । 

अध्यक्ष थापाले भने, ‘मोर्चा निर्माण गर्दा कुनै स्वार्थ र सर्त छैन । हामीलाई नेतृत्व पनि चाँहिदैन । हाम्रो  पार्टीको झण्डा प्रयोग गर्नुपर्छ भन्ने जरुरी छैन । सामूहिक नेतृत्व सबैको सहभागिता र राष्ट्रिय झण्डा बोकेर राष्ट्रवादी आन्दोलन गरौं भन्ने म आब्हान गर्न चाहन्छु । यो समयको बेगलाई अहिले हामीले पक्रन सकेनौं भने भोलि पश्चाताप गर्नुपर्ने समय आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।