राप्रपा नेपालको सकृय सदस्यता वितरण अभियान आजदेखि शुरु
काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता वितरण अभियान आज देखि शुरु गर्ने भएको छ। ‘आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सकृय सदस्यता लिए पछी अभियान शुरु हुनेछ,’ पार्टीका महामन्त्री एवं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए ।
आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनबर्गिय संगठनका प्रमुखहरुले सकृय सदस्यता लिने पार्टीले जनाएको छ । सकृय सदस्यता सम्बन्धि अवधारणा तथा निति केन्द्रीय समितिको बैठकबाट पास भएपछी यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए ।
सकृय सदस्यताको म्याद एक वर्ष र पाँच बर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ । एक वर्षे सकृय सदस्यताको शुल्क एक सय पचास र पाँच वर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ । आज अभियानको शुभारम्भ भए पछि अब जिल्ला जिल्लामा पनि सकृय सदस्यता अभियान संचालन हुने जनाईएको छ ।









