image
image
अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पतालमा सारियो

अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पतालमा सारियो


काठमाडौं। सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ ।

महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले जनाएको छ । अस्पतालले रेफर गरेपछि ग्राण्डी अस्पतालमा उनीहरुलाई सारिएको सीआईबीको दाबी छ ।

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको थियो ।

पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो । यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।