image
image
रास्वपा संसदीय दलको बैठक बस्दै, लामिछानेले सोधेका ३ प्रश्नबारे छलफल

रास्वपा संसदीय दलको बैठक बस्दै, लामिछानेले सोधेका ३ प्रश्नबारे छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ । बैठक विहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको तयारीका विषयमा तीन वटा प्रश्नहरू पठाएका थिए, सांसदहरूले ती प्रश्नको जवाफ समेत फर्काइसकेका छन् । शुक्रबारको बैठकमा ती प्रश्नका जवाफहरूमाथि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।

उनका अनुसार सभापति लामिछानेले तत्काल बन्नुपर्ने ४० कानूनहरुमध्ये सम्बन्धित समितिमा भइरहेको तयारी र छलफल, त्यसमा पार्टीका एजेण्डा समेटिए÷नसमेटिएको अवस्था र आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा प्रश्न सोधेका छन् । बैठकले आगामी अधिवेशनका लागि सबै खाले तयारी गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।