image
image
विपीन जोशीको रिहाइका लागि सार्थक पहल गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

विपीन जोशीको रिहाइका लागि सार्थक पहल गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । आज  सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा राजदूत गोल्डबर्गरले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेका हुन् ।  भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस् भन्ने चाहेको बताए । 
 
‘शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ,’ उनले भने । हालै इजरालयमा भएको हमासको आक्रमणमा परी अहिलेसम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरे । 

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरे । 
 
नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने विश्वास व्यक्त गरे । इजरायलका राजदूत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्धति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रशंसा गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।