image
image
इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा सिटीले बर्नलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरलु इथिहाड स्टेडियममा भएको खेलमा सिटीलाई जिताउन जुलियन अल्भारेजले २ गोल गर्दा रोड्रीले १ गोल थपेका थिए । अमेन अल दखिलले बर्नलेका लागि १ गोल फर्काए ।

१६ औं मिनेटमा म्याथेस नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनै अल्भारेजले केभिन डी ब्रुएनाको पासमा २२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुमै (४६औ मिनेट) मा तेस्रो गोल गरेको थियो ।

रोड्रीले व्यक्तिगत पहिलो गोल गर्दा सिटी ३–० को सहज अवस्थामा अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा अमेन अल दखिलले डेभिड फोफानाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार भने टरेन ।

जितसँगै सिटी ४६ अंकका साथ दोस्रो स्थानमा छ भने बर्नले पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशनको खतरामा परेको छ । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै टोटनह्याम चौथो स्थानमा उक्लदा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।