image
image
आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका  छौं :  सञ्चारमन्त्री शर्मा

आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका  छौं :  सञ्चारमन्त्री शर्मा

 

काठमाडौं ।  आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्ने सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । आज काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव कार्यक्रममा उनले आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा आम सञ्चार क्षेत्र सुधार समिति गठन गरेको बताइन् ।

उक्त समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी मन्त्री शर्माले दिइन् । उनले भनिन्, ‘हामी आम सञ्चार क्षेत्रकै पुनःसंरचना गर्न खोजिरहेका छौं । आम सञ्चार क्षेत्रको पुन संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारे आम सञ्चार क्षेत्र सुधार समितिको प्रतिवेदनका आधारमा नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको छ ।’

उनले प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएको बताइन् । संविधानले प्रतयाभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित व्यावसायिक बनाउन सरकार क्रियाशील रहेको उनको भनाई छ । 

‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी हामीले आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका छौ’ उनले भनिन्, ‘संविधानले पत्तयाभूत गरेकोपूर्ण प्रेस स्वतन्त्रलाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार क्रियाशील छ ।’मन्त्री शर्माले पत्रकारहरुलाई समाजमा देखा परेका उच्छृङखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा जोड दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।