image
image
आईसीसी यू–१९ विश्वकपः नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

आईसीसी यू–१९ विश्वकपः नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ । नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ ।

त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचमा हुनेछ । उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक छ ।

नेपाल सुपर सिक्समा २ खेलमा अंकविहीन हुँदै पाँचौं स्थानमा छ । बंगलादेश २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । समान ६–६ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

नेपाल र बंगलादेशबीच यू–१९ विश्वकपमा हालसम्म दुई खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो । २०१६ को यू–१९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।