image
image
लालिगाको शीर्ष स्थानमा रियल मड्रिड

लालिगाको शीर्ष स्थानमा रियल मड्रिड

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिड लालिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लास पालमसलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको जिरोनाको समान खेलबाट ५२ अंक रहेको छ ।

लास पालमसले आफ्नै मैदानमा सुरुआती अग्रता लिएको थियो । तर अग्रता जोगाउन नसक्दा नतिजा रियललाई सुम्पन पुग्यो ।जेभियर मुनोज जिमेनेजले गोल गर्दै ५३ औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा रियलका भिनिसियस जुनिएरले गोल गर्दै रियललाई बराबरीमा ल्याए । ८४ औं मिनेटमा ओरेलिन चुवामानीले गोल गर्दै रियललाई २–१ को जित पक्का गराए । रियलसँग पराजित भएको लास पालमस भने तालिकाको नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।