image
image

बिएफआइएन साधारण शेयर बिक्री गर्ने

काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ ।

सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

बिएफआइएनले आज एनआइसी एशिया क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।